Clubhouse logo

गाउँले केटो

@kanchho420

80

friends

शान्त चित्त, सिर्जनात्मक सोच, रमाइलो मान्छे । 🙏 #Musiclover #Ex_journalist #LoveNepal🇳🇵 शुन्य केवल शुन्य जिवन शुन्य हुन्थो त गजब हुन्थ्यो न खुशी हुन्थ्यो , न पिडा हो जिवन शुन्य नै ठिक छ न कोही आएकोमा खुशी न कोही गएकोमा दुःख निराकार आकाश झै अनी त्यो अथाह सागर झै चाहे आँधी आओस या अविरल बर्षातको बाढी न त खडेरीले सुकाउँछ न त कुनै प्रकोपले मेटाउन सक्छ शुन्यको आफैमा कुनै अर्थ छैन तर शुन्य अथाह छ हरचिज समान छ अनी हरचिज समाहित हुन सक्छ हो म शुन्य हुँ न मलाई जोडेर बढाउन सकिन्छ चाहे भाग लगाउ या त गुणन गर मेरो अस्तित्व केवल शुन्य नै हो तिमी आफैमा कुनै अंक होलाउ हो तिमि बलवान् छौ, माने मैले म शुन्य छु भनेर नहेप मलाई किनकी तिम्रो हेपाई नी मेरो लागी शुन्य नै हो शुन्य लाई केवल शुन्य नठान म शुन्य आफैमा पुर्ण छु तर तिमि अंक भएर पनी म बिना अपुर्ण छौ सक्छौ भने म बिना पुर्ण भएर देखाउ तिमी अर्थ लिएर बाँचेको छौ मेरो कुनै अर्थै छैन, तर पनी तिमि त मलाई पछाडी नझुण्ड्याई बस्नै सक्दैनौ । हो म शुन्य हुँ त्यसैले त मलाई सबथोक समान छ मलाई कुनै पदको लालच छैन अनी कुर्सीको मोहले सताउँदैन न मलाई भोक लाग्छ न शोक लाग्छ मलाई न त मायाँले सताउँछ न त यौवनले मताउँछ न त रोगले बिरामी नै पार्न सक्छ मेरो अस्तित्व मेटाउन चाहे गोली बारुद हुन कुनै मिसाईल होस् या त एटम् बम् मलाई सिध्याउने त के मलाई हल्लाउन समेत सक्दैन मलाई न त दुःखले पिरोल्छ न खुशीमा गदगद नै हुन्छु म आदि हुँ, अन्तय हुँ म प्रकृति हुँ म मन हुँ म धन हुँ म नै मायाँ हुँ म नै सत्य हुँ म खुशी हुँ म रोदन हुँ म आफैँमा सिंगो संसार हुँ म अविनाशी छु किनकि, म शुन्य हुँ ।